१७ भाद्र २०८३, बुधबार
,
Latest
‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग भारतको उत्तर प्रदेशस्थित पटाका कारखानामा भीषण विष्फोटः ११ जनाको मृत्यु, १८ भन्दा बढी घाइते वर्षा र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग भोटेकोशी बाढीः बाँकेमा सहयोग जुट्दै चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा छ लाख ७५ हजार सहयोग भोजपुरमा वनबाट नौ करोड ६९ लाख राजस्व संकलन भोटेकोशी बाढी: पोखरामा २१ शवको सनाखत
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्लिस प्रिमियर लिग : बर्नलीसँग बराबरी गर्दै चेल्सी चौथो स्थानमा उक्लियो



अ+ अ-

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी चौथो स्थानमा उक्लिएको छ । सोमबार राति भएको खेलमा बर्नलीसँग २–२ को बराबरी गर्दै चेल्सी चौथो स्थानमा उक्लिएको हो ।

चेल्सीका लागि एन्गोलो कान्टे र गोन्जालो हेगुइनले समान एक एक गोल गरे । बर्नलीलागि भने जेफ हेन्ड्रिक र एश्ली बार्नेस समान एक एक गोल गरे । खेलको ८ औं मिनेटमा जेफ हेन्ड्रिकले गरेका थिए।

त्यसपछि खेलको १२ औं मिनेटमा चेल्सीले बराबरी गोल फर्कायो। एन्गोलो कान्टेले सो बराबरी गोल फर्काएका थिए।बराबरी गोल फर्काएको चेल्सीका लागि गोन्जालो हेगुइनले १४ औं मिनेटमा गोल गर्दै २–१ को अग्रता कायम गरे।

चेल्सीको सो अग्रतालाई एश्ली बार्नेसले खेलको २४ औं मिनेटमा गोल गर्दै बराबरी गरे। त्यसपछि दुबै टोलीले गोल गर्न नसकेपछि खेल २–२ को बराबरीमा सकिएको थियो।

बराबरीको नतिजासँगै चौथो स्थानमा उक्लेको चेल्सीको ३५ खेलबाट ६७ अंक जोडेको छ। लिगको शीर्ष स्थानमा ८८ अंकसहित लिभरपुल रहेको छ।