६ पुष २०८२, आईतवार
,
Latest
बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्लिस प्रिमियर लिग : बर्नलीसँग बराबरी गर्दै चेल्सी चौथो स्थानमा उक्लियो



अ+ अ-

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी चौथो स्थानमा उक्लिएको छ । सोमबार राति भएको खेलमा बर्नलीसँग २–२ को बराबरी गर्दै चेल्सी चौथो स्थानमा उक्लिएको हो ।

चेल्सीका लागि एन्गोलो कान्टे र गोन्जालो हेगुइनले समान एक एक गोल गरे । बर्नलीलागि भने जेफ हेन्ड्रिक र एश्ली बार्नेस समान एक एक गोल गरे । खेलको ८ औं मिनेटमा जेफ हेन्ड्रिकले गरेका थिए।

त्यसपछि खेलको १२ औं मिनेटमा चेल्सीले बराबरी गोल फर्कायो। एन्गोलो कान्टेले सो बराबरी गोल फर्काएका थिए।बराबरी गोल फर्काएको चेल्सीका लागि गोन्जालो हेगुइनले १४ औं मिनेटमा गोल गर्दै २–१ को अग्रता कायम गरे।

चेल्सीको सो अग्रतालाई एश्ली बार्नेसले खेलको २४ औं मिनेटमा गोल गर्दै बराबरी गरे। त्यसपछि दुबै टोलीले गोल गर्न नसकेपछि खेल २–२ को बराबरीमा सकिएको थियो।

बराबरीको नतिजासँगै चौथो स्थानमा उक्लेको चेल्सीको ३५ खेलबाट ६७ अंक जोडेको छ। लिगको शीर्ष स्थानमा ८८ अंकसहित लिभरपुल रहेको छ।