२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोट हाल्नुअघि मोदीले लिए आमाको आशीर्वाद



अ+ अ-
This image has an empty alt attribute; its file name is modi-blessings-1205_7c81a4c91a8f0f29018ccbf870084ff6.fit-760w.jpg

काठमाडौं । भारतमा लोकसभाको तेस्रो चरणको मतदान सुरु भएसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले भोट हाल्न जानुअघि आमाको आशीर्वाद लिएका छन् ।

प्रधानमन्त्री मोदीले गुजरातमा मतदान गर्न जानुअघि आमा हिराबेनको आशीर्वाद लिएका थिए । उनले आमालाई भेटेर पाउ ढोगे । अनि सल उपहार दिएर मिठाइ खुवाए ।

यसैक्रममा आमा हिराबेनले पनि मोदीलाई निधारमा रातो टीका लगाइदिइन् र मिठाइ खुवाइन् । भोट हाल्न जानुअघि मोदीले आमासँग भेटेको तस्वीर भाइरल भइरहेको छ ।

This image has an empty alt attribute; its file name is hiraba-PM20Modi.jpg

सन् २०१४ को लोकसभा चुनाव जितेपछि पनि मोदी आमालाई भेट्न गएका थिए ।भारतका १३ राज्य र दुई केन्द्र शासित प्रदेशका ११६ लोकसभा सिटका लागि आज मतदान भइरहेको छ ।

सात चरणका मतदानमध्ये तेस्रो चरणको यो चुनावलाई धेरै चासोका साथ हेरिएको छ । किनभने भाजपा अध्यक्ष अमित शाह, कांग्रेस अध्यक्ष राहुल गान्धी, जया प्रदा र आजम खानसहितका ठूला नेताहरुको भविष्य यही चुनावले निर्धारण गर्ने छ ।