६ पुष २०८२, आईतवार
,
Latest
बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोट हाल्नुअघि मोदीले लिए आमाको आशीर्वाद



अ+ अ-
This image has an empty alt attribute; its file name is modi-blessings-1205_7c81a4c91a8f0f29018ccbf870084ff6.fit-760w.jpg

काठमाडौं । भारतमा लोकसभाको तेस्रो चरणको मतदान सुरु भएसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले भोट हाल्न जानुअघि आमाको आशीर्वाद लिएका छन् ।

प्रधानमन्त्री मोदीले गुजरातमा मतदान गर्न जानुअघि आमा हिराबेनको आशीर्वाद लिएका थिए । उनले आमालाई भेटेर पाउ ढोगे । अनि सल उपहार दिएर मिठाइ खुवाए ।

यसैक्रममा आमा हिराबेनले पनि मोदीलाई निधारमा रातो टीका लगाइदिइन् र मिठाइ खुवाइन् । भोट हाल्न जानुअघि मोदीले आमासँग भेटेको तस्वीर भाइरल भइरहेको छ ।

This image has an empty alt attribute; its file name is hiraba-PM20Modi.jpg

सन् २०१४ को लोकसभा चुनाव जितेपछि पनि मोदी आमालाई भेट्न गएका थिए ।भारतका १३ राज्य र दुई केन्द्र शासित प्रदेशका ११६ लोकसभा सिटका लागि आज मतदान भइरहेको छ ।

सात चरणका मतदानमध्ये तेस्रो चरणको यो चुनावलाई धेरै चासोका साथ हेरिएको छ । किनभने भाजपा अध्यक्ष अमित शाह, कांग्रेस अध्यक्ष राहुल गान्धी, जया प्रदा र आजम खानसहितका ठूला नेताहरुको भविष्य यही चुनावले निर्धारण गर्ने छ ।