२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंका बम विस्फोट : विस्फोटको जिम्मा इस्लामिक स्टेटले लियो



अ+ अ-

श्रीलंका । श्रीलंकामा ३ सय बढीको जनाको ज्यान जानेगरी भएको श्रृङ्खलाबद्ध बम विस्फोटको जिम्मा आतंककारी सञ्जाल इस्लामिक स्टेटले लिएको छ ।

अमाक एजेन्सीमार्फत् आक्रमणको जिम्मा इस्लामिक स्टेटले लिएको हो । गत आइतबार ‘इष्टर सन्डे’का दिन इसाई धर्मावलम्बीलाई लक्षित गरी भएको बम आक्रमणमा ३ सय भन्दा बढीको मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेमा भारतीय, अमेरिकी, बेलायती, जापानी समेतका ३७ जना विदेशी नागरिक रहेको श्रीलङ्काको विदेश मन्त्रालयले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आशङ्कामा २४ जनालाई पक्राउ गरेको छ । श्रीलंकाका प्रहरी प्रमुख पुजुथ जयासुन्दराले १० दिनअघि नै राजधानी कोलम्बोसहित देशका विभिन्न भागका महत्वपूर्ण चर्चहरुमा आत्मघाती आक्रमण हुनसक्ने भन्दै चेतावनी (अलर्ट) जारी गरेका थिए ।

श्रीलंकाली सुरक्षा अधिकारीले आक्रमणमा श्रीलंकको स्थानीय अतिवादी समूह नेशनल तौहिथ जमाथको हात रहेको बताएका थिए । यद्यपि आक्रमणमा वाह्य समूहको हात रहेकोबारे पनि अनुसन्धान भइरहेको बताइएको छ ।

आक्रमणपछि श्रीलंकामा संकटकालको घोषणा गरिएको छ भने मंगलबारका लागि त्यहाँ राष्ट्रिय शोकको घोषणा समेत गरिएको छ ।