६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंका बम विस्फोट : विस्फोटको जिम्मा इस्लामिक स्टेटले लियो



अ+ अ-

श्रीलंका । श्रीलंकामा ३ सय बढीको जनाको ज्यान जानेगरी भएको श्रृङ्खलाबद्ध बम विस्फोटको जिम्मा आतंककारी सञ्जाल इस्लामिक स्टेटले लिएको छ ।

अमाक एजेन्सीमार्फत् आक्रमणको जिम्मा इस्लामिक स्टेटले लिएको हो । गत आइतबार ‘इष्टर सन्डे’का दिन इसाई धर्मावलम्बीलाई लक्षित गरी भएको बम आक्रमणमा ३ सय भन्दा बढीको मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेमा भारतीय, अमेरिकी, बेलायती, जापानी समेतका ३७ जना विदेशी नागरिक रहेको श्रीलङ्काको विदेश मन्त्रालयले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आशङ्कामा २४ जनालाई पक्राउ गरेको छ । श्रीलंकाका प्रहरी प्रमुख पुजुथ जयासुन्दराले १० दिनअघि नै राजधानी कोलम्बोसहित देशका विभिन्न भागका महत्वपूर्ण चर्चहरुमा आत्मघाती आक्रमण हुनसक्ने भन्दै चेतावनी (अलर्ट) जारी गरेका थिए ।

श्रीलंकाली सुरक्षा अधिकारीले आक्रमणमा श्रीलंकको स्थानीय अतिवादी समूह नेशनल तौहिथ जमाथको हात रहेको बताएका थिए । यद्यपि आक्रमणमा वाह्य समूहको हात रहेकोबारे पनि अनुसन्धान भइरहेको बताइएको छ ।

आक्रमणपछि श्रीलंकामा संकटकालको घोषणा गरिएको छ भने मंगलबारका लागि त्यहाँ राष्ट्रिय शोकको घोषणा समेत गरिएको छ ।