१९ माघ २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारी आजदेखि राजकीय भ्रमणमा



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको आजदेखि सुरु हुने चीनको राजकीय भ्रमणका क्रममा नेपालले रेलदेखि सुरुङमार्गसम्मका परियोजनामा चिनियाँ अनुदान ल्याउने प्रयास गर्ने भएको छ । नेपालले बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) सम्बन्धी परियोजनाका ९ वटा सूची तयार पारेको छ ।

जसमा ल्हासादेखि काठमाडौंसम्मका अन्तरदेशीय विद्युत् प्रसारण लाइन बनाउने र नौबिसेदेखि काठमाडौंसम्म सुरुङ खन्ने प्रस्तावलगायत छन् । नेपालका तर्फबाट सुरुमा ३५ परियोजना पेस भएकामा प्राथमिकताका आधारमा १० भन्दा कममा झार्न चीनले सुझाव दिएपछि नेपालले ९ वटा सूची तयार गरेको हो । तीमध्ये मदन भण्डारी पोलिटेक्निक इन्स्टिच्युटलाई सघाउनेबाहेक अरू प्रस्तावलाई अघि बढाउने संकेत बेइजिङले दिएको छैन । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।