५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोलिटब्युरो चयनको गृहकार्य: प्रचण्ड सकसमा, ओलीलाई राहत



अ+ अ-

काठमाडौं । सत्तारुढ नेकपाको जिल्ला एकीकरण टुंगिएलगतै पोलिटब्युरो तहको एकता अघि बढाएको छ। तीन प्रमुख नेता अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले सहमतिमा पोलिटब्युरो चयनको गृहकार्य अघि बढाएका हुन्।

केन्द्रीय कमिटीको एक तिहाइ रहने गरी पोलिटब्युरो कमिटी गठन हुने नेकपा विधानमा व्यवस्था छ। चार सय ४१ जना केन्द्रीय समितिबाट एक सय ४७ जनासम्मको पोलिटब्युरो गठन हुनेछ।

केन्द्रीय समितिमा दुबै पूर्वसमूहबाट समावेश भएकामध्ये वरिष्ठलाई आधार मानेर पोलिटब्युरो बनाउने नेताहरुबीच सहमति छ। पूर्व एमालेलाई ८१ र पूर्व माओवादीलाइई ६६ जना पोलिटब्युरो सदस्य भागबण्डामा परेको छ।

पूर्व एमालेमा ६५ जनासम्मको पोलिटब्युरो रहेकाले उनीहरुमध्येबाट चयन गर्ने र बाँकीको हकमा दुई पटक केन्द्रीय सदस्य भइसकेकाबाट वरिष्ठतालाई हेरेर चयन गर्ने समझदारी भइसकेको छ। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।