६ पुष २०८२, आईतवार
,
Latest
सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्लिस प्रिमियर लिग : हडर्ल्सफिल्डमाथि लिभरपुलको सानदार जित, पुनः शीर्षस्थानमा



अ+ अ-

काठमाडौं । लिभरपुलले इंग्लिस प्रिमियर लिगमा हडर्ल्सफिल्ड टाउनमाथि ५–० को जित निकालेको छ । जितसँगै लिभरपुल पुनः लिगको शीर्षस्थानमा पुगेको छ ।

शुक्रबार राति भएको खेलमा लिभरपुलको जितमा साडिओ माने र मोहम्मद सालहले दुई–दुई तथा नेबी केइटाले एक गोल गरे । खेलको पहिलो मिनेटमा नै नेबी केइटाले गरेका थिए।

त्यस्तै खेलको २३ औँ मिनेटमा सार्डियो मानेल र ४५ औँ मिनेटमा मोहम्मद सालहले गोल गरेका थिए ।

पहिलो हाफ ३–० सकिएको खेलमा लिभरपुलका लागि चौथो र पाँचौ गोल खेल खेलको ६६ औं र ८३ औं मिनेटमा क्रमशः माने र सालहले गरेका थिए।

यस जितसँगै लिभरपुलले ३६ खेलबाट ९१ अंक जोडेको छ भने दोश्रो स्थानमा पुगेको म्यानचेस्टर सिटीले ३५ खेलबाट ८९ अंक रहेको छ।