• ८ असार २०८१, शनिबार
  •      Sat Jun 22 2024
  •   Unicode
Logo
Latest
★   भारतीय टोलीका ब्याट्सम्यानको प्रदर्शनबाट सन्तुष्ट छैनन् प्रशिक्षक ★   इटालीको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो ★   स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नु मुख्य प्राथमिकतामा – उपप्रधानमन्त्री श्रेष्ठ ★   युक्रेनको उर्जा पूर्वाधारमा रुसी आक्रमण ★   बजेटका कारण सत्ता साझेदार दलबीच समस्या नहुने ★   नेकपा एसको महाधिवेशनका लागि एक हजार आठ सय प्रतिनिधि छनोट ★   जङ्गली हात्तीको दारासहित तीन पक्राउ ★   तनहुँमा जङ्गली च्याउ खाएर बिरामी परेका एक जनाको मृत्यु ★   प्रहरीद्वारा एक करोडको सामान बरामद ★   टी–२० विश्वकपः वेस्ट इन्डिजले अमेरिकालाई ९ विकेटले हरायो

‘क्षतिपूर्ती पाउनु पर्‍यो । दिलाइदिनु हुन्छ की हुँदैन ?’ भन्दै यसरी खनिए खुलामञ्चका व्यापारी



काठमाडौं । शनिबार खुलामञ्च अतिक्रमण गरेर बनाइएका सटर भत्काएपछि त्यहाँ व्यावसाय गर्दै आएका व्यापारी आक्रोशित बनेका छन् । महानगरपालिकाले सामान सार्ने समयसमेत नदिई डोजर लगाएर सटर भत्काउँदा लाखौँ रुपैयाँ डुबेको उनीहरुको गुनासो छ ।

सटर भत्काइसकेपछि खुला मञ्च पुगेकी महानगरकी उपमेयर हरिप्रभा खड्गीलाई आक्रोशित व्यापारीले आक्रमणको प्रयाससमेत गरेका थिए । ‘हाम्रो लाखौँ डुब्यो, के हेर्न आउनुभएको ?’ भन्दै व्यापारीले खड्गीलाई प्रश्न तेर्स्याउँदै भने, ‘क्षतिपूर्ती पाउनु पर्‍यो । दिलाइदिनु हुन्छ की हुँदैन ?’

सोही कारण खड्गी प्रहरीको स्कर्टिङमा चुपचाप खुला मञ्चबाट निस्किइन् । शनिबार मध्यान्ह मेयर विद्यासुन्दर शाक्य नेतृत्वको टोलीले अवैधानिक रुपमा बनेका ५१ वटा सटरमा डोजर चलाएको थियो । यो खबर नयाँ पत्रिका दैनिकमा छ।