• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

‘क्षतिपूर्ती पाउनु पर्‍यो । दिलाइदिनु हुन्छ की हुँदैन ?’ भन्दै यसरी खनिए खुलामञ्चका व्यापारी



काठमाडौं । शनिबार खुलामञ्च अतिक्रमण गरेर बनाइएका सटर भत्काएपछि त्यहाँ व्यावसाय गर्दै आएका व्यापारी आक्रोशित बनेका छन् । महानगरपालिकाले सामान सार्ने समयसमेत नदिई डोजर लगाएर सटर भत्काउँदा लाखौँ रुपैयाँ डुबेको उनीहरुको गुनासो छ ।

सटर भत्काइसकेपछि खुला मञ्च पुगेकी महानगरकी उपमेयर हरिप्रभा खड्गीलाई आक्रोशित व्यापारीले आक्रमणको प्रयाससमेत गरेका थिए । ‘हाम्रो लाखौँ डुब्यो, के हेर्न आउनुभएको ?’ भन्दै व्यापारीले खड्गीलाई प्रश्न तेर्स्याउँदै भने, ‘क्षतिपूर्ती पाउनु पर्‍यो । दिलाइदिनु हुन्छ की हुँदैन ?’

सोही कारण खड्गी प्रहरीको स्कर्टिङमा चुपचाप खुला मञ्चबाट निस्किइन् । शनिबार मध्यान्ह मेयर विद्यासुन्दर शाक्य नेतृत्वको टोलीले अवैधानिक रुपमा बनेका ५१ वटा सटरमा डोजर चलाएको थियो । यो खबर नयाँ पत्रिका दैनिकमा छ।