२१ भाद्र २०८३, आईतवार
,
Latest
कृष्णभिरमा सडक भासिएपछि त्रिभुवन राजपथबाट इन्धन आपूर्ति, उद्धार टोलीका लागि नुवाकोटबाटै हवाई इन्धन तादीखोलामा एक्रोब्रिज जडान तीब्र पूर्वी चीनको जियाङ्सीमा पहिरोः एकको मृत्यु, ११ जना बेपत्ता चीनको विपद् कुटनीतिः ‘राहतदाता’ देखि ‘पार्टी–पार्टी’ सहायतासम्मको बहुआयामिक अभ्यास पहिराले रोल्पाको सहिदमार्ग अवरुद्ध नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमूना संकलन एसिसी प्रिमियर कपः नेपाललाई साउदी अरेबियाविरुद्ध फिल्डिङको निम्तो नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘क्षतिपूर्ती पाउनु पर्‍यो । दिलाइदिनु हुन्छ की हुँदैन ?’ भन्दै यसरी खनिए खुलामञ्चका व्यापारी



अ+ अ-

काठमाडौं । शनिबार खुलामञ्च अतिक्रमण गरेर बनाइएका सटर भत्काएपछि त्यहाँ व्यावसाय गर्दै आएका व्यापारी आक्रोशित बनेका छन् । महानगरपालिकाले सामान सार्ने समयसमेत नदिई डोजर लगाएर सटर भत्काउँदा लाखौँ रुपैयाँ डुबेको उनीहरुको गुनासो छ ।

सटर भत्काइसकेपछि खुला मञ्च पुगेकी महानगरकी उपमेयर हरिप्रभा खड्गीलाई आक्रोशित व्यापारीले आक्रमणको प्रयाससमेत गरेका थिए । ‘हाम्रो लाखौँ डुब्यो, के हेर्न आउनुभएको ?’ भन्दै व्यापारीले खड्गीलाई प्रश्न तेर्स्याउँदै भने, ‘क्षतिपूर्ती पाउनु पर्‍यो । दिलाइदिनु हुन्छ की हुँदैन ?’

सोही कारण खड्गी प्रहरीको स्कर्टिङमा चुपचाप खुला मञ्चबाट निस्किइन् । शनिबार मध्यान्ह मेयर विद्यासुन्दर शाक्य नेतृत्वको टोलीले अवैधानिक रुपमा बनेका ५१ वटा सटरमा डोजर चलाएको थियो । यो खबर नयाँ पत्रिका दैनिकमा छ।