२४ असार २०८३, बुधबार
,
Latest
जनकपुरका अतिक्रमित गुठी जग्गा हटाउन ९ सदस्यीय प्रतिवेदन कार्यान्यन समिति गठन महिला तथा सामाजिक सुरक्षा मन्त्रालयमा ह्वीलचेयर सेवा सुरु मुलुकभर स्वच्छ खानेपानी आपूर्ति गर्ने कार्ययोजना १५ दिनभित्र पेश गर्न संसदीय समितिको निर्देशन प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्तिले सीमा क्षेत्रका नागरिक सीमापारीको चर्को दबाब र मानसिक त्रास खेप्न बाध्य छन्ः… प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित विपक्षी दलद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध, बैठक सुरु हुनासाथ विरोध प्रतिनिधिसभा बैठक सुरु हुँदै, यस्तो छ आजको कार्यसूची कास्कीमा ‘मनसुन प्रतिकार्य योजना’ कार्यान्वयनमा केही स्थानमा आकस्मिक बाढीको जोखिम लगानी र अर्थतन्त्रका विषयमा प्रधानमन्त्री शाहले आज उद्योगी–व्यवसायीसँग छलफल गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका नवनिर्वाचित प्रदेश सभापतिहरुलाई बधाई



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नवनिर्वाचित प्रदेश सभापतिहरूलाई बधाई दिनुभएको छ ।  उहाँले आज विभिन्न छ प्रदेशका नवनिर्वाचित सभापतिलाई बधाई तथा शुभकामना दिनुभएको हो ।

कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत हालै सम्पन्न प्रदेश अधिवेशनबाट प्रदेश कार्यसमितिसहित सुदूरपश्चिम प्रदेश सभापतिमा वीरबहादुर बलायर, कर्णाली प्रदेश सभपातिमा ललितजङ्ग शाही, लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन, गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा, वाग्मती प्रदेश सभापतिमा इन्द्र बानियाँ र प्रदेश नं १ को सभापतिमा उद्धव थापा निर्वाचित हुनुभएको थियो । कांगे्रसको प्रदेश नं २ को प्रदेश अधिवेशनको उद्घाटन भए पनि नेतृत्व चयनका लागि निर्वाचन हुन बाँकी छ ।

यसैगरी आजै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले एक विज्ञप्तिमार्फत १४औँ महाधिवेशनअन्तर्गत हालै सम्पन्न प्रदेश अधिवेशनबाट सभापति, पदाधिकारी र सदस्यमा निर्वाचित सबैलाई बधाई दिनुभएको छ । साथै उहाँले कांग्रेसको रुपान्तरणमार्फत राजनीतिलाई सम्मानित बनाउने अभियानमा सक्रिय हुनसमेत अनुरोध गर्नुभएको छ ।