१७ भाद्र २०८३, बुधबार
,
Latest
भाइको प्रतीक्षामा रामकुमार  कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत… जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा १२ लाख २७ हजार सहयोग भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै…
तपाईं के खोज्दै हुनुहुन्छ ?

आक्रमणका संदिग्ध योजनाकार लस एन्जलसबाट पक्राउ



अ+ अ-

लस एन्जलस । अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् । न्यूजील्यान्डको मस्जिदमा हालै भएको आक्रमणको बदला लिन योजना बनाएको प्रहरीको भनाई छ ।

अफगानिस्तानमा तैनाथ रहेर सेवा गरिसकेका २६ वर्षीय मार्क स्टिभेन डोमिङ्गोले हालैमात्र धर्म परिवर्तन गरी मुस्लिम धर्म अपनाएका थिए । गतसाता लस एन्जलसको लङ बिचमा अतिवादी गोरा समुदायको र्यालीमा आक्रमण गर्ने योजना बनाएको मार्कमाथि आरोप छ ।

अमेरिकी न्यायाधीवक्ता निक हन्नाले मार्कले ठूलै मानवीय क्षति गर्नेगरी योजना बनाएको पुष्टी भएको बताए । डोमिङ्गोलाई गत शुक्रबार बम सहित गिरफ्तार गरिएको थियो ।

अदालती दस्ताबेज अनुसार डोमिङ्गोले अमेरिकी संघीय जाँच ब्यूरो (एफबीआई) का एजेन्टसँग आफूले मुस्लिम समुदायमाथि भएका आक्रमणको बदला लिन चाहेको बताएका थिए ।

डोमिङ्गोले यहूदी, गिर्जाघर र प्रहरी अधिकारी समेतका धेरै ठाउँलाई लक्षित गरी आक्रमणका विकल्प बारेमा सोचेको र अन्त्यमा लङ बिच र्यालीमा आक्रमण गर्ने योजना बनाएको अधिकारीहरुले दाबी गरेका छन् ।

उनले आफ्ना अनलाइन पोष्टमा अमेरिकाले विश्वभर हिंसा फैल्याउन भूमिका खेलेको भन्दै त्यस्ता कार्य रोक्न अमेरिकी स्वार्थ जोडिएका क्षेत्रमा आक्रमण गर्नुको विकल्प नरहेको लेखेका छन् ।