६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइएसले आफ्नो संगठनको पतनको बदला स्वरुप श्रृङखलाबद्द आक्रमण गरेको दाबी



अ+ अ-

काठमाडौं । अतिवादी संगठन इस्लामिक स्टेट (आइएस)ले आफ्नो संगठनको पतनको बदला स्वरुप पछिल्लो समय श्रृङखलाबद्द आक्रमण गरेको दाबी गरेको छ ।

५ वर्षपछि पहिलो पटक भिडियो सार्वजनिक गर्दै आफ्नो समूहको नोक्सानको बदला लिने कोशिश गरीरहेको बताएको बीबीसीले उल्लेख गरेको छ । सन् २०१४ देखि भूमिगत रहेका आइएसका नेता अबु बकर अल बग्दादीले आफ्ना पकड क्षेत्र रहेको शहरमा भएको भीडन्तको बदला लिन आफ्ना समर्थकलाई आग्रह गरेका छन् ।

सो भिडियो फुटेज आतंकवादी समूहको अल फरकान मिडिया नेटवर्कमा पोष्ट भएको बीबीसीले उल्लेख गरेको छ । केही दिनअघि इस्टर सन्डेमा श्रीलंकाका विभिन्न चर्च र होटलमा इराकी शहर बागुजको पतनको बदला स्वरुप आक्रमण गराएको पनि उनले उल्लेख गरेका छन् ।