१४ असार २०८३, आईतवार
,
Latest
मदन भण्डारीको ७५औँ जन्मजयन्ती: ओली ,दाहाल ,नेपाल, खनाल र यादब एउटै मञ्चमा उपस्थित हुदै ‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

१३ ग्राम खैरो हिरोइनसहित एक जना पक्राउ



अ+ अ-

काठमाडौं । काठमाडौं चन्द्रागिरी न.पा वडा नं. २ नागढुंगास्थित चेकपोइन्टबाट खैरो हिरोइनसहित एक जना पक्राउ परेका छन् ।


पक्राउ पर्नेमा कैलाली टिकापुर न.पा वडा नं. १ घर भएका २५ बर्षीय भरत भण्डारी रहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको ना ७ ख ५९७२ नम्बरको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा भण्डारी बसेको सिटमुनि कालो प्लाष्टिकमा पोका पारी बेरी लुकाईछिपाई ल्याइएको लागु औषध खैरो हेरोईन १३.८८ ग्राम फेला परेको हो ।

पक्राउ परेका भण्डारीलाई थप अनुसन्धान भइरहेको जनाइएको छ ।