६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

राहुल गान्धीलाई गृह मन्त्रालयले स्पष्टीकरण दिन बोलायो



अ+ अ-

काठमाडौं । भारतका मुख्य विपक्षी दल काँग्रेसका अध्यक्ष राहुल गान्धीलाई केन्द्रीय गृह मन्त्रालयले स्पष्टीकरण दिन बोलाएको छ ।

मंगलबार मन्त्रालयले गान्धी बेलायती नागरिक हुन् वा होइनन् भन्ने कुरा स्पष्ट पार्नका लागि १५ दिनभित्र स्पष्टीकरण दिन आग्रह गरेको छ ।

भारतीय जनता पार्टीका सांसद सुब्रमन्युम स्वामीले गान्धीको नागरिकताको विषयलाई लिएर आवाज उठाएका थिए।

काँग्रेसले भने जारी भएको सूचना मोदीको मुद्धालाई भड्काउने खेल भएको प्रतिक्रिया जनाएको छ।