१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह News Polar तातोपानी नाका सञ्चालन गर्न सडकमा कुनै अवरोध छैनः सडक डिभिजन प्रमुख भण्डारी News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा

गाउँमै मिलेपछि अदालतको मुद्दा फिर्ता

गाउँमै मिलेपछि अदालतको मुद्दा फिर्ता
अ अ+ अ-

काठमाडौं । अर्जुनधारा नगरपालिका वडा नं १० र ११ को १८ बिघा जमीनसँग सम्बन्धित ५५ वर्ष पुरानो विवाद गाउँमै मिलेको छ । दुवै पक्षबीच सहमति भएपछि अदालतमा परेको मुद्दा पनि फिर्ता गरिने भएको छ ।

स्थानीय १८ घरपरिवार बसोबास गरेको र ऐलानी जग्गामा बसेका करीब ४० घरपरिवार तथा जग्गाधनी मोतीबहादुर खड्काबीचको आधा दशकभन्दा पुरानो विवाद स्थानीयस्तरमा नै समाधान भएपछि गाउँलेसमेत खुशी भएका छन् ।

साविक शनिश्चरे गाविस वडा नं ६ मा हरिकुमारी खड्काको नाममा दर्ता भएको १८ बिघा पाँच कठ्ठा जमीनको विषयमा विसं २०२१ देखि विवाद हुँदै आएको थियो । सर्वोच्च अदालतमा समेत पुगेको मुद्दा किनारा नलागे पनि अहिले जिल्ला अदालत झापामा मुद्दा चलिरहेको छ । यति लामो विवाद जग्गाधनी र जग्गा उपभोग गर्ने स्थानीयवासीबीच १० बुँदे सहमति भएर मिलेको छ ।

प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको सहजीकरण र स्थानीयवासीले बनाएको माकुरा समूहको पटक–पटकको प्रयासपछि जग्गाधनी र जग्गा उपभोग गरिरहेका ४० घर गाउँलेबीच जग्गा आधा–आधा बाँडफाँड गरी लिनेदिने सहमति भएको प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालकी राष्ट्रिय स्रोत व्यक्ति सङ्गीता थापाले बताउनुभयो ।

जग्गाधनीले जग्गाको कुनै उत्पादन पनि लिन नपाउने र जग्गा उपभोग गरेर बसोबास गरेका गाउँलेले आफैँ बसोबास गरेको जग्गा कहिले पनि आफ्नो भन्न नपाउने स्थितिबाट मेलमिलापको तरिकाले करीब एक वर्षको निरन्तरको प्रयासपछि दुवै पक्षबीच सहमति गर्न सकेको स्थानीय माकुरा समितिका सदस्य जगतबहादुर मगरले बताउनुभयो ।

करोडौँ मूल्य पर्ने जग्गा खड्का परिवारले विसं २०१४ देखि संरक्षण गर्दै आएको र विसं २०२१ मा धनीपुर्जा प्राप्त गरेपछि त्यस जमीनमा बसोबास गरिरहेका स्थानीयवासीसँग खड्का परिवारको विवाद शुरु भएको त्यस क्षेत्रका पुराना बासिन्दा गोपीचन्द्र खरेल बताउनुहुन्छ ।

सहमतिअनुसार छ वर्षदेखि बाँकी रहेको जग्गाको सम्पूर्ण कर तिर्न जग्गाधनी र जग्गा उपभोग गरिरहेका स्थानीयवासीले आधा–आधा रकम व्यहोर्ने, वैशाख मसान्तभित्र जग्गा नापजाँच गरी आधा–आधा जग्गा दुवै पक्षले बाँडफाँड गर्ने, जग्गासम्बन्धी जिल्ला अदालत झापामा रहेको मुद्दा दुवै पक्षले सहमति गरी फिर्ता लिने र भएको सहमति कार्यान्वयन गर्न एउटा कार्यान्वयन समितिसमेत निर्माण गरी काम अगाडि बढाउने सहमति भएको अर्जुनधारा–११ का वडाध्यक्ष भैरव खड्काले जानकारी दिनुभयो ।