१७ भाद्र २०८३, बुधबार
,
Latest
भाइको प्रतीक्षामा रामकुमार  कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत… जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा १२ लाख २७ हजार सहयोग भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै…
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेस्सी हाम्रो लागि ठूलो चुनौती हुन् : क्लोप



अ+ अ-

काठमाडौं । लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोपले मेस्सीले च्याम्पियन्स लिगको ट्रफी नाउ क्याम्पमा ल्याउने प्रण गरेका ठूलो चुनौती भएको बताए ।

उनले च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनासँग खेल्दा आफ्नो टिमले पीडा भोग्नसक्ने बताए ।

बुधबारको खेल अघि लिभरपुलका प्रशिक्षक क्लोपले भनेका छन्, ‘बराबरी खराब रिजल्ट हुँदैन । हामी त्यसका लागि खेल्दैनौं तर, त्यसो भएपनि ठीकै हुनेछ ।’

बार्सिलोनाको पनि पछिल्ला केही वर्ष च्याम्पियन्स लिगमा प्रदर्शन राम्रो रहेको छैन । तर, यो सिजन ला लिगाको उपाधि जितिसकेको उसले च्याम्पियन्स लिग अन्तरगत घरेलु मैदानमा भएको ३१ खेलमा हार व्यहोरेको छैन ।

लिभरपुल भने प्रिमियर लिगको उपाधि होडमा म्यानचेष्टर सिटीलाई टक्कर दिइरहेको छ ।

लिभरपुल र बार्सिलोना ५– ५ पटक युरोपियन च्याम्पियन बनेको छ । तर, बार्सिलोनाले ५ मध्ये चार उपाधि पछिल्लो १३ वर्षमा जितेको हो भने लिभरपुलको सफलता १९८४ बाट सुरु भयो र अन्तिम पटक २००५ मा जितेको थियो ।