१७ भाद्र २०८३, बुधबार
,
Latest
कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत… जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा १२ लाख २७ हजार सहयोग भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै… त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

हवाई आक्रमणमा चार जना तालिबानी लडाकूको मृत्यु, नौ जना घाइते



अ+ अ-

हेरात । अफगानिस्तानको हेरात प्रान्तको पश्चिमी क्षेत्रमा तालिबानी लडाकूहरुमाथि सरकारी फौजले गरेको हवाई आक्रमणमा चार जना तालिबानी लडाकूको मृत्यु हुनुका साथै अरु नौ जना घाइते भएका छन् ।

प्रान्तीय प्रहरी प्रमुख अमिनुल्लाह ओमारखिलले चुश्ती शरिफ जिल्लामा मङ्गलबार गरिएको उक्त कारबाहीमा अरु पनि लडाकू मारिएको हुनसक्ने बताए ।

सरकारी फौजमाथि कुनै क्षति नभएको पनि प्रहरी प्रमुख अमिनुल्लाहले जानकारी दिए । उक्त घटनाका बारेमा तालिबान समूहले कुनै प्रतिक्रिया दिएको छैन ।