६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्येष्ठ नागरिकको भत्ता मासिक पाँच हजार पुग्छ : मन्त्री पोखरेल



अ+ अ-

बर्दिवास । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आगामी आर्थिक वर्षको बजेटबाट ज्येष्ठ नागरिकको भत्ता मासिक पाँच हजार पुर्‍याउने बताएका छन् ।

महोत्तरीको बर्दिवास नगरपालिकामा बर्दिवास मेडिकल कलेज स्थापनाका लागि पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय उदघाटन गर्दै उनले नेकपाले चुनावमा भत्ता बढाउने प्रतिबद्धता गरे अनुसार नै भत्ता बढाउने गृहकार्य भइरहेको जानकारी दिए ।