२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेनेजुएलाका राष्ट्रपति मडुरो भाग्न खोजेको अमेरिकाको दाबी



अ+ अ-

काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भेनेजुएलामा विपक्षी नेता हुवा ग्वाइदोले विद्रोहको आह्वान गरेपछि राष्ट्रपति निकोलस मडुरो क्युबा निवासनमा जान तयार भएको दाबी गर्नु गरेका छन् । तर मडुरोले भने पोम्पेओको यो दाबी झुठो भएको भन्दै खण्डन गर्नु गरे ।

पोम्पेओले सीएनएनलाई दिनु भएको एक अन्तर्वार्ता विमानस्थलमा मडुरोलाई लैजान विमान तयारी हालतमा राखिएको दाबी गरे । तर रुसले मडुरोलाई देश नछाड्न दबाव दिएको पोम्पेओले बताउका थिए । पोपेम्ओको यो भनाइ एक जोक मात्र भएको मडुरोको भनाई रहेको छ ।

विपक्षी नेता ग्वाइदोको आह्वानमा भेनेजुएलाका विभिन्न शहरमा हजारौँ प्रदर्शनकारीहरू सडकमा उत्रिएर प्रदर्शन जारी राखेका बताइएको छ ।

मडुरोको पक्षमा रुस, चीन र क्युबाजस्ता देश रहेका छन् भने, ग्वाइदोलाई अमेरिका, थुप्रै युरोपेली देश र छिमेकी ल्याटिन एवम् दक्षिण अमेरिकी देशसहित दर्जनौँ राष्ट्रले मान्यता दिएका छन् ।

विपक्षी नेता ग्वाइदोले गत जनवरीमा संविधानको रक्षार्थ भन्दै आफैँलाई अन्तरिम राष्ट्रपति घोषणा गर्नु भएको थियो । उहाँको सो घोषणालाई मडुरो अस्वीकार गर्नु भएको छ ।

मडुरो र ग्वाइदो दुवैले आफूलाई देशको संवैधानिक राष्ट्रपति दाबी गर्दै आउनु भएपछि ल्याटिन अमेरिकी देश राजनीतिक र आर्थिक सङ्कटको भुमरीमा परेको छ ।