२७ मंसिर २०८२, शनिबार
,
Latest
सर्वपक्षीय सरकार बनाउनुपर्ने ओलीको प्रश्तावमा विप्लव सहमत एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य मरिसकेको संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु हो: अध्यक्ष लिङदेन विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरगढीको संरक्षण गर्नुपर्नेमा उपसभामुख तुम्बाहाम्फेको जोड



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले देशको तीनै तहको सरकारले समन्वय गरेर मकवानपुरगढीको संरक्षणमा र सम्बद्र्धन गर्नुपर्ने बताउनुभएको छ ।

बुधबार ऐतिहासिक मकवानपुरगढीको भ्रमणपछि उपसभामुख तुम्बाहाम्फेले सानैदेखि सुन्दै र पढ्दै आएको भए पनि ऐतिहासिक गढीको पहिलोपटक अवलोकन गर्ने अवसर मिलेको बताउनुभयो । उहाँले भन्नुभयो, “मध्यकालीन नेपालको कालीगढी नमूना मकवानपुरगढी देशको सम्पत्ति हो, यो हाम्रो इतिहास हो, इतिहास भनेको सम्पत्ति हो, हामी सबै मिलेर यसको संरक्षण गर्नुपर्छ ।”

गढी अवलोकनमा सँगै आउनुभएका प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले मकवानपुरगढी देशका गढीमध्ये महत्वपूर्ण गढी भएको र यस वरिपरिका शाखा गढीको पनि उत्तिकै महत्व रहेको बताउँदै यसको ऐतिहासिक महत्वअनुसार संरक्षण गरेर छिमेकी मुलुक भारत तथा चीनका समेत पर्यटक आकर्षित गर्न सकिने बताउनुभयो । गढीको संरक्षण र विकासका लागि प्रदेश सरकारले योजना निर्माण गरिरहेको उहाँको भनाइ थियो ।

त्यस्तै प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले मकवानपुर आएका जो कोहीलाई मकवानपुरगढीले आकर्षित गर्ने बताउनुभयो । गढीको विकासका लागि प्रदेशले गुरुयोजना बनाएर काम गर्नुपर्ने उहाँको भनाइ थियो । सङ्घीय सरकारले समेत महत्व दिएको देशका १०० गन्तव्यमध्ये एक मकवानपुर गढीको प्रचारप्रसार गरेर पर्यटक भित्र्याउन सकिने उहाँको धारणा थियो । वंशगोपाल मन्दिरसमेत रहेको गढीमा ठूलीएकादशी, कृष्णाजन्माष्टमीलगायतका पर्वमा मेलासमेत लाग्ने हुँदा धार्मिक पर्यटक आकर्षित गराउन सकिने उहाँको भनाइ थियो ।

भ्रमण टोलीमा रहनुभएका प्रदेशसभा सदस्य तथा नेकपा प्रमुख सचेतक रामेश्वर फुयाँलले नेपाली सेनाले आफ्नो रणकौशलमार्फत् विदेशी सेनालाई हार खुवाएको भूमि मकवानपुरगढीको मौलिक व्यवस्थापन गरिनुपर्ने बताउनुभयो । विभिन्न भाषामा मकवानपुरगढीको प्रचारप्रसारका सामग्री निर्माण गरेर देश विदेशमा चिनाउनुपर्ने उहाँको भनाइ थियो ।

भ्रमणमै रहनुभएका प्रदेश नं ३ का प्रदेश नीति तथा योजना आयोगका सदस्य श्याम बस्नेतले मकवानपुरगढीलाई प्रदेश सरकारले अत्यन्तै महत्वपूर्ण ऐतिहासिक धरोहरका रुपमा विकास गर्ने योजना रहेको बताउनुभयो ।