३१ जेष्ठ २०८३, आईतवार
,
Latest
युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले सगेन्द्र सिंह बने ‘मिस्टर महानगर २०८२’, काठमाडौं महानगरको दोस्रो संस्करण सम्पन्न लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटक प्रवद्र्धन अभियान चलाइने



अ+ अ-

चितवन । नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी नेपालको तेस्रो पर्यटकीय क्षेत्र सौराहामा पर्यटक आकर्षित गर्न नयाँ अभियान चलाइने भएको छ । विभिन्न मेला महोत्सव तथा पर्वमा मात्रै पर्यटक आउने र अन्य बेलामा पर्यटक आगमन न्यून हुने भएकाले नयाँ प्याकेजका कार्यक्रम ल्याएर पर्यटन प्रवद्र्धन गर्न लागिएको यहाँका व्यवसायीले बताएका छन् ।

क्षेत्रीय होटल सङ्घ सौरहाका अध्यक्ष सुमन घिमिरेले विशेष समयबाहेक अन्य समयमा होटलको बुक नगन्य मात्रामा हुने गरेको बताउँदै प्याकेजका कार्यक्रम ल्याएर पर्यटक बढाउने अभियान चलाउन लागिएको जानकारी दिनुभयो ।

सौराहामा लामो समयदेखि होटलले एउटै खाले सेवा दिइरहेकाले सौराहामा आकर्षण बढ्न सकेको छैन । नयाँ वर्षको समयमा सौराहामा कोठा नपाएर आन्तरिक पर्यटक फर्किन्छन् तर अन्य समयमा सुनसानजस्तै हुन्छ । त्यसैले बाह्रैमास पर्यटकलाई भित्र्याउने वातावरण निर्माण गर्न नयाँ प्याकेज ल्याउनेबारेमा छलफल भइरहेको उहाँले बताउनुभयो ।

“सौराहामा धेरै पर्यटक राख्न सकिन्छ”, उहाँले भन्नुभयो, “नयाँ प्याकेज ल्याए मात्रै बाह्रैमास पर्यटक सौराहा भित्र्याउन सकिन्छ ।” सौराहामा पर्यटकलाई हात्ती तथा जीप सफारी, थारू संस्कृति अवलोकन र जङ्गल पदयात्रालगायतका प्याकेज मात्रै छ । विगत वर्षमा भारतका केही सीमावर्ती शहरमा सौराहाका बारेमा प्रचारप्रसार गरे पनि त्यसपछि खासै कार्यक्रम गरिएको छैन ।

पर्यटन बोर्डसँगको समन्वयमा भारतका केही शहरमा प्रवद्र्धनात्मक कार्यक्रम गर्ने योजना व्यवसायीको छ । सौरहामा हाल साना ठूला गरी ११० होटल छन् । यहाँ वार्षिक दुई लाख पर्यटक आउने गरेका छन् ।




भर्खरै