बझाङ । बझाङमा जीप दुर्घटना हुदाँ एकको मृत्यु भएको छ । थलारा गाउँपालिका ६ को गोमति खोलामा बुधबार राती करिब ९ बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा परेर सोही गाउँपालीका वडा नं. ५ का जीप सहचालक १९ बर्षिया टिका भट्राराईको घटनास्थलमै मृत्यु भएको हो । जिप चालक र मालीक कमल साउँद भने फरार रहेका छन् ।
थलारा गाउपालिकाको भिडगाँउबाट विवाहको सामान लिएर फर्कने क्रममा जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।