५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चट्याङबाट ज्यान गुमाएका परिवारलाई रु एक लाख राहत



अ+ अ-

पर्वत । गत वैशाख २ गते राति परेको चट्याङ लागेर ज्यान गुमाएका परिवारलाई राहत रकम प्रदान गरिएको छ ।

चट्याङ लागेर ज्यान गुमाएकी पर्वतको मोदी गाउँपालिका वडा नं ४ हलहलेकी २२ वर्षीया तारादेवी पुनको परिवारलाई जिल्ला दैवीप्रकोप उद्धार समितिले रु एक लाख राहत दिएको हो ।

वैशाख २ गते सोमबार घरमै बसिरहेका बेला उनलाई चट्याङ लागेको थियो । चट्याङबाट घाइते भएकी पुनलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए । पीडितका परिवारलाई जिल्ला विपत् व्यवस्थापन समितिकोतर्फबाट आज राहत रकम हस्तान्तरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाललेपीडितको घरमै पुगेर उक्त रकम मृतक तारादेवीका श्रीमान् प्रेम पुनलाई हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण गर्दै प्रजिअ ढकालले मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै परिवारजनमा समवेदनना प्रकट गर्नुभयो ।

उहाँले पीडित परिवारलाई काजकिरियालगायत घरायसी खर्च व्यवस्थापन होस् भनेर गृह मन्त्रालयअन्तर्गत उक्त राहत रकम प्रदान गरिएको बताउनुभयो । सदरमुकामसम्म जानुपर्ने, विभिन्न कागजात र प्रक्रिया मिलाउँदा पीडित परिवारलाई झनै समस्या हुने भएकाले आफू घटनास्थलमै आएर राहत प्रदान गरिएको उहाँको भनाइ छ ।

मृतक पुनका तीन वर्षीय छोरा रहेका छन् भने श्रीमान् र सासूआमा घरमा रहेका छन् । आर्थिकरुपले विपन्न उक्त परिवारमा तारादेवीको मृत्यु भएपछि झनै ठूलो सङ्कट परेको छ । घरमै आएर सरकारले राहत दिएको भन्दै पीडित परिवारका सदस्यले खुशी व्यक्त गरेका थिए । पर्वतमा वर्षेनी चट्याङका कारण मानवीय वा पशु चौपायाको क्षति हुने गरेको छ ।