१४ असार २०८३, आईतवार
,
Latest
लुम्बिनीमा वन संरक्षण र हरियाली प्रवर्द्धनको बृहत् अभियान स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा विद्यमान राजनीति अन्त्य गर्न संशोधन विधेयक ल्याइएको होः मन्त्री मेहता सहकारी पीडितको वचत रकम फिर्ता गर्नेबारे सरकारः कुन–कुन राईलाई ल्याउनुपर्छ ल्याउँछौँ सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा नक्कली ‘सेरोफ्लो रोटाक्याप्स २५०’ फेला परेपछि बजार अनुगमन तीव्र कम्युनिष्ट आन्दोलनलाई समयसापेक्ष र जनमुखी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै विविधतायुक्त नेपालका लागि प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैनः पूर्वराष्ट्रपति भण्डारी वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल बार एसोसिएसनका पूर्वअध्यक्षद्वारा न्यायाधीशविरुद्ध रिट



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता शम्भु थापा र अधिवक्ता पूर्ण राजवंशीले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका हुन् ।

निवेदनमा न्यायाधीश शर्मासहित न्यायपरिषद् अध्यक्ष एवं प्रधानन्यायाधीश, न्यायपरिषद्, त्यसको सचिवालय, संसदीय सुनुवाइ समिति र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइएको छ । २०७५ चैत १९ गते न्यायपरिषद्ले सर्वोच्चका लागि ५ न्यायाधीशको नाम सिफारिस गरेको थियो । त्यसमध्ये शर्माको नाम विवादित बनेको हो ।

निवेदकद्वयले संसदीय सुनुवाइसमितिमा समेत शर्माविरुद्ध निवेदन दिएका थिए । रिट निवेदनमा नवनियुक्त न्यायाधीश शर्मालाई संविधान रकानुनले निर्दिष्ट गरेको योग्यता,क्षमता र दक्षता नभएका व्यक्तिका रूपमा चित्रण गरिएको छ । न्यायपरिषद्को नेतृत्व र त्यहाँका पदाधिकारीलाई ुराणाकालका श्री ३ महाराजले झैं कार्यशैली अपनाउन खोजेकोु आरोप पनि रिट निवेदनमा लगाइएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।