डोटी । अज्ञात समूहद्वारा डोटीको बडीकेदार गाउँपालिका ४ को वडा कार्यालयमा आगलागी गरेको छ । सोमबार राति कार्यालयमा आगजनी गरेको हो ।
वडाध्यक्ष वीरेन्द्रबहादुर कोटकेनीका अनुसार ढोका तोडफोड गरेर भित्र छिरी कागपत्रहरु पुर्ण रुपमा नष्ट गरिएको र दोषीलाई कडाभन्दा कडा कारबाही गर्नु पर्ने अध्यक्षको माग छ ।
आगलागी राति नै भएको तर मंगलबार बिहानमात्रै जानकारी आएको हुँदा इलाका प्रहरी कार्यालय बिपीनगरबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटना स्थल तर्फ गएको छ ।