१९ माघ २०८१, शनिबार
,
Latest
खानेपानी आयोजना मर्मत गर्न २८ करोड ५० लाख बढी लाग्ने आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्छः महामन्त्री शर्मा हेलिकप्टरबाट सुत्केरीको उद्धार ‘एक्टर: टेक वन’ लाई दर्शकको साथ, ३३० स्क्रिनमा प्रदर्शन बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ एन्जल्स हार्ट स्पोर्ट्स मिटमा खेलाडी र खेलकर्मी सम्मानित एम्बुलेन्स चालकको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँछुः अध्यक्ष दाहाल ज्ञान निकेतन र नेरिक दुई उपाधिका लागि भिड्ने श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न सात जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा सदस्य निर्वाचन कार्यक्रम स्वीकृत, पुस २० गते उम्मेदवारी दर्ता



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यतालिका र निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । 

स्वीकृत कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले निर्वाचन प्रयोजनका आगामी पुस १ देखि १० गतेसम्म दर्ता गर्नुपर्नेछ । निर्वाचन कार्यक्रम अनुसार आगामी पुस १७ गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुने र प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नो नाम समावेश गर्नका लागि दरखास्त दिनसक्नु हुनेछ ।

आयोगका अनुसार, मतदाता नामावलीमा नाम समावेश भएको व्यक्तिले सोही मितिमा आप्mनो नाम थर उमेर, पद आदि सच्याउन दरखास्त दिने तथा प्रकाशित नामावलीमा उल्लेख भएका मतदाताको विरोधमा उजूरी दिनसक्नेछन् ।

यसैगरी पुस १८ र १९ गते निवेदन तथा उजूरी उपर छानबिन र कारबाही गर्ने एवं अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम छ । आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलका अनुसार, पुस २० गते उम्मेद्वारको मनोनयनपत्र दर्ता गर्ने र मनोनयनपत्र दर्ता भएको उम्मेद्वारको सूची प्रकाशन गरिने छ ।

पुस २१ गते उम्मेद्वारको विरोधमा उजूरी दिने, पुस २२ र २३ गते मनोनयनपत्र र उजूरी उपर जाँचबुझ गरी निर्णय गर्ने तथा उम्मेद्वारको नामावली प्रकाशन गर्ने, पुस २४ गते उम्मेद्वारले नाम फिर्ता लिने, पुस २५ गते उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्ने निर्वाचन कार्यक्रममा उल्लेख छ ।

माघ १२ गते बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म तोकिएका मतदान केन्द्रमा मतदान हुने कार्यक्रम छ । (रासस)