धनगढी । धनगढीबाट बिवाहका लागि बेलौरी तर्फ जाँदै गरेको भारतीय नम्बरको स्कार्पियो जीप पुनर्वासमा दुर्घटना भएको छ। दुर्घटनामा पत्रकार शिवराज भट्ट सहित ३ जना घाईते भएका छन्।
युपी ३१ पि ७९७५ नम्वरको स्कार्पियो जीप पुनर्वास नगरपालिका वडा नम्बर २ को मोतिबस्तीमा दुर्घटना भएको हो।
यस्तै दुर्घटनामा पत्रकार भट्टकी श्रीमती दुर्गा भट्ट र जीपमा सवार अन्य घाईते भएको कञ्चनपुर प्रहरीले जनाएको छ। घाइतेको पुनर्वास पोलिक्लिनिकमा सामान्य उपचारपछि अहिले माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ।
जिल्लामा निर्माणाधिन अवस्थामा रहेको हुलाकी सडकमा खाल्डाखुल्डी र धुलो भएपछि सो क्षेत्रमा दुर्घटना बढ्दै गएका छन्।