१० भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगर राजधानी राख्ने निर्णयको विरोधमा भोलि धनकुटामा चक्काजाम



अ+ अ-

धनकुटा । विराटनगरलाई प्रदेश नं. १ को स्थाई राजधानी तोकेको विरोधमा भोली (बुधबार) धनकुटाबासीले एक घण्टा चक्काजाम गर्ने भएको छन् ।


विगत लामो समयदेखी प्रदेश १ को राजधानी धनकुटा हुनु पर्ने माग राख्दै चलिरहेको आन्दोलन लाई प्रदेश सरकारले पूर्ण रुपमा बेवास्था गरेको भन्दै ‘धनकुटालाई स्थाई राजधानी बनाऔ’ अभियान समितीको बैठकले चक्काजाम गर्ने निर्णय हो ।

मंगलबार साँझ ब्याक आउट गर्दै विरोध जनाउने घोषणा समितीले पहिले नै गरेको थियो भने मंगलबार १ घण्टा धनकुटा सदरमुकाको जिरोप्वाईटमा चक्काजाम गरेको थियो ।