२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमा मानवीय सहायताकर्मीमाथि आक्रमण



अ+ अ-
फाईल फोटो

काबुल । अफगानिस्तानका सहायताकर्मीमाथि लक्षित गरी आक्रमणहरु हुन थालेपछि मानवीय सहायता समूहहरु चिन्तित भएका छन् । काबुलमा बुधबार तालिबानले नौ जना सहायताकर्मीको हत्या गरेपछि सर्वत्र आलोचना हुन थालेको छ ।

अफगानिस्तानका अवसरविहीन समुदायका लागि कार्यरत गैरनाफामुलक संस्था काउन्टरपार्ट इन्टरनेसनलको कार्यालय बाहिर बुधबार कारबम बिस्फोट गराइएको थियो । यो संस्था मध्य काबुलका निकै व्यस्त व्यापारिक क्षेत्र नजिकै रहेको छ ।

गृह मन्त्रालयका प्रवक्ता नसरत राहिमीले बम बिस्फोटबाट मृत्यु हुनेको संख्या ९ पुगेको जानकारी दिनुभयो । मारिनेमा पाँच जना अफगान सैनिक, काउन्टरपार्टका एक जना गार्ड तथा तीन सर्वसाधारण रहेका छन् ।

बिस्फोटबाट काउन्टरपार्ट नजिकै कार्यालय रहेको अर्को गैरसरकारी संस्था केएरमा कार्यरत एक जना सवारी चालक, एक जना पहरेदार र एक जना प्राविधिक सल्लाहकार मारिएका थिए । केएरले अफगानिस्तानजस्ता द्वन्द्व प्रभावित मुलुकहरुमा मानवीय सहायताका कार्यहरु गर्न निकै खतरापूर्ण बन्दै गएको जनाएको छ ।
उक्त आक्रमणबाट अरु २० जना सर्वसाधारण घाइते भएका छन् ।

बिस्फोटपछि धेरै जना बन्दुकधारी तालिबानीहरु काउन्टपार्टको कार्यालयभित्र प्रवेश गरेका थिए । अफगान कमान्डोहरुले घेरा हाली प्रतिकारबाही गरेपछि सबै तालिबानीको मृत्यु भएको बताइएको छ ।