६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डोले नेसन्स लिग खेल्नेछन् : मुख्य प्रशिक्षक सान्तोस



अ+ अ-

काठमाडौं । ३४ वर्षीय युभेन्टसका फरवार्ड तथा पोर्चुगलका मुख्य खेलाडी क्रिष्टियानो रोनाल्डोले नेसन्स लिग खेल्ने भएका छन् ।

पोर्चुगलले आयोजना गर्ने सेमिफाइनल र फाइनल खेलमा रोनाल्डोले खेल्ने मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसले बताएका हुन् ।

पोर्चुगलले यही जुन ६ तारिखमा स्वीटजरल्यान्डविरुद्ध सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछ । त्यस्तै, अर्को सेमिफाइनलमा भने इंग्ल्यान्ड र नेदरल्यान्ड्स प्रतिस्पर्धा गर्नेछन् ।

पोर्चुगल र स्वीट्जरल्यान्डको विजेताले फाइनलमा उपाधिका लागि नेदरल्यान्ड्स र इंग्ल्यान्डबीचको विजेता टिमसँग जुन ९ तारिखमा प्रतिस्पर्धा गर्नेछ ।

नेसन्स लिगका लागि पोर्चुगलले यही मे २३ तारिखमा टिमको घोषणा गर्दैछन् ।