२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

जय नेपाल शब्द प्रहरीको मात्रै हो, कांग्रेसको शब्दकोषबाट डिलिट गर्नुपर्‍यो : बाँस्कोटा



अ+ अ-

काठमाडौं । सरकारका प्रवक्ता सञ्चार सूचना तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जय नेपाल प्रहरीले पनि भन्ने गरेको तर त्यो शब्द प्रहरीको मात्रै नभएको बताएका छन् ।

मन्त्रिपरिषदको निर्णय सार्वजानिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटाले भने ‘जय नेपाल पुलिसले भन्छ। पुलिसको मात्रै हो त्यो? सम्बोधनको अन्तिमतिर प्रायः प्रतिपक्षले भन्ने गर्छ। जय नेपालको अभिवादन भन्ने गर्छ,।’

उनले भने महेन्द्रले कू गर्दा मात्रै जय नेपाल भन्ने शब्दको प्रयोग गरेका थिए अहिले यो शब्द प्रतिपक्षकाले प्रयोग गर्छन्। मेरो सरकार भन्ने शब्द हटाउने भए जय नेपाल पनि हटाउन ।

उनले राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नु नेपाली कांग्रेसले ‘जय नेपाल’ भन्नुजस्तै भएको बताए । शब्दावलीलाई लिएर अनावश्यक बहस भइरहेको बताए।

‘मेरो सरकार’ त शब्दकोषबाट डिलिट गर्नुपर्‍यो। कि परेन? ,’ उनले भने, ‘त्यो त नेपाली शब्दकोषमा राख्नैभएन। त्यस्तै हेर्नु हुन्छ भने जय नेपाल पनि राख्न भएन।’