१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षौँदेखि अदालतकै जग्गा अतिक्रमणमा परेको खुलासा



अ+ अ-

काठमाडौं । उच्च अदालत तुलसीपुरअन्तर्गत बुटवल इजलास कार्यालयको जग्गा वर्षौँदेखि अतिक्रमणमा परेको छ। बुटवल उपमहानगरपालिका–४ स्थित जेसिज चोकदेखि उत्तर, खानेपानी कार्यालयदेखि दक्षिण र इजलासअगाडिको सडकबाट पश्चिमसम्म फैलिएको जग्गा अतिक्रमण भएको हो।

सरकारी लिखतअनुसार साविकको कित्ता नम्बर ३ सय ९६ को २ बिघा ५ कट्ठा १४ धुर जग्गा लुम्बिनी अञ्चलाधीश कार्यालयका नाममा थियो। ०४६ सालमा खारेज भएपछि अदालत विस्तारका लागि भन्दै साविक पुनरावेदन अदालत बुटवलले जग्गा आफ्नो नाममा बनाएको थियो।

जग्गाको स्वामित्व लिए पनि अदालतले कार्यालय वरिपरिको जग्गा संरक्षणमा वास्ता नगर्दा अतिक्रमणमा परेको हो। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।