२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरोपा लिग : आर्सनल पनि फाइनलमा, उपाधिका लागि चेल्सीसँग खेल्ने



अ+ अ-

काठमाडौं । आर्सनल युरोपा लिगको फाइनलमा पुगेको छ।

बिहिबार राती भएको खेलमा आर्सनलले स्पेनिस क्लब भ्यालेन्सियालाई ४–२ ले पराजित गर्‍यो। पहिलो लेग पनि आर्सनलले ३–१ ले जितेको थियो ।

आर्सनलको जितमा एमरिक ओवामियाङ्ले ह्याट्रिक गरे। खेलमा पहिलो अग्रता भने घरेलु मैदानमा भ्यालेन्सियाले लिएको थियो। खेलको ११ औं मिनेटमा केभिन गेमेरोले गोल गर्दै सो अग्रता दिलाएका थिए।

उनको सो अग्रतालाई खेलको १७ औं मिनेटमा एमरिकले गोल गर्दै बराबरी गरे र पहिलो हाफ १–१ को बराबरीमा सकियो।

त्यसपछि एलेसान्द्रे लाकाजेटले खेलको ५० औं मिनेटमा गोल गर्दै आर्सनललाई २(१ को अग्रता दिलाए। सो अग्रतालाई खेलको ५८ औं मिनेटमा गेमेरोले दोश्रो गोल गर्दै पुनः बराबरी गरे। फेरी खेलको ६९ औं मिनेटमा एमरिकले व्यक्तिगत दोश्रो गोल गर्दै फेरि आर्सनललाई अग्रता दिलाए। ततःपश्चात उनले खेलको ८८ औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे र खेल ४२ को नतिजामा सकियो।

उपाधिका लागि उसले अर्को ईङ्लिश क्लबसँग चेल्सीसँग मे २९ मा खेल्नेछ।