२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिणी लिबियामा इस्लामिक स्टेटका लडाकुको आक्रमण, तीन जना मारिए



अ+ अ-

काठमाडौं । दक्षिणी लिबियामा आतंकवादी संगठन इस्लामिक स्टेटका संदिग्ध लडाकुको आक्रमणमा तीन जना मारिएका छन् ।

मरुभूमिको बीचमा रहेको लिबियाको दक्षिणी शहर गदवामा लडाकुले आक्रमण गरी जथाभावी गोली चलाएको स्थानीयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । शहरमा आक्रमणपछि लडाकुहरु मरुभूमितर्फ भागेका थिए ।

दक्षिणी लिबियाको विशाल भूभाग सैनिक शासक खलिफा हफ्तार नेतृत्वको लिबियाली सेनाको नियन्त्रणमा रहेपनि हाल लिबियाली सेनाले अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारको नियन्त्रणमा रहेको राजधानी त्रिपोली कब्जा गर्नका लागि सैनिक अभियानतर्फ आफ्नो ध्यान केन्द्रित गरेकाले दक्षिण लिबियामा सुरक्षा व्यवस्था निकै कमजोर रहेको बताइन्छ ।

त्यहाँ इस्लामिक स्टेटका लडाकु तथा स्थानीय टेबु जनजातीका लडाकुहरुले बेलाबेला सैनिक तथा गैरसैनिक निशानालाई लक्षित गरी आक्रमण गर्दै आएका छन् ।