६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरमा युवतीद्धारा एक बृद्ध अपहरित, प्रहरीले साढे २ घण्टामै समात्यो



अ+ अ-

काठमाडौं । प्रहरीले ललितपुरको इमाडोलबाट अपहरणमा परेका एक पुरुषलाई साढे २ घण्टामै सकुशल उद्दार गरेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुर र अपराध महाशाखाको संयुक्त टोलीले आज बिहान पनि इमाडोल नजिकैबाट अपहरणमा परेका इमाडोल बस्ने ५९ वर्षीय कृष्ण चौडेलको उद्दार गरेको हो । परिसरका प्रमुख (एसएसपी) रवीन्द्र धानुकका अनुसार अपहरण गर्ने ढोलाहिटी बस्ने अनिमा भुजेललाई पक्राउ गरिएको छ ।

सिन्धुली घर भई ढोलाहिटीमा फ्ल्याट लिएर बस्दै आएकी अनिमाले कृष्ण चौडेललाई इमाडोलबाट अपहरण गरेकी थिइन् । चौडेललाई अपहरण गर्नेमा अनिमासँगै थप २ जना पनि रहेको एसएसपी धानुकले बताए ।