२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चप्पल चिप्लेर नदीमा खसेर वेपत्ता भएका बालकको शव फेला



अ+ अ-

बझाङ । छेउमा हिँड्दै गर्दा चप्पल चिप्लेर सेती नदीमा खसेर वेपत्ता भएका एक बालकको दुई दिनपछि शव फेला परेको छ ।

जयपृथ्वी नगरपालिका ६ बस्ने लोकेन्द्र बुढाका ६ वर्षीय छोरा अशोक बुढाको शव छबिस पाथिभेरा गाउँपालिकाको भाँडेबगरमा आज फेला परेको हो ।