२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
चिया, दुग्ध र सुपारी किसानका समस्या समाधान गर्न सरकारसँग सचेतक राईको माग सरकारको ३० हजार मेगावाट लक्ष्य सफल बनाउन नीतिगत सुधार आवश्यक छ : सांसद पराजुली अर्थमन्त्रीले राजस्व हिनामिना गर्नुभयो, तत्काल संसदीय समिति गठन गरी छानविन गरियोस्ः गुरुप्रसाद बराल खेतीको समयमा मल अभाव भएको भन्दै सांसद राईद्वारा सरकारको ध्यानाकर्षण खेतीको मुख्य याममा ट्रान्सफर्मर चोरीले सिरहाका किसान चिन्तित बढ्दो साइबर ठगी नियन्त्रण र साइबर ब्युरोलाई सशक्त बनाउन सांसद न्यौपानेको माग ऊर्जा क्षेत्रमा ‘लाइसेन्स राज’ अन्त्य गर्ने सरकारको घोषणा, निर्माण नगर्ने प्रवृत्तिमा कठोर हुने चेतावनी सुस्तामा भारतीय सीमा सुरक्षा बलले नेपालीलाई हप्कीदप्की गरे, यस सम्बन्धमा रक्षामन्त्रीको जवाफ चाहियोः हर्कराज राई अर्थमन्त्रीले धम्की दिएको अभिव्यक्तिले लेखा समितिमा हंगामाः सत्तापक्ष र प्रतिपक्षबीच के भयो ? ट्रकको ब्लुबुकमा ‘अनुमतियोग्य जीभीडब्लु’ स्पष्ट उल्लेख गर्न सरकारको निर्देशन, ट्रक महासंघद्वारा स्वागत
तपाईं के खोज्दै हुनुहुन्छ ?

एघार भन्सार कार्यालयबाट निर्यात शून्य



अ+ अ-

काठमाडौं । मुलुकभर सञ्चालनमा रहेका २३ भन्सार कार्यालयमध्ये ११ वटा भन्सार कार्यालयबाट कुनै पनि माल निर्यात नभएको पाइएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको नौ महीनाको विवरणमा ती भन्सार कार्यालयबाट कुनै पनि प्रकारको निर्यात नभई शून्य अवस्थामा रहेको पाइएको हो ।

विभागका अनुसार जलेश्वर, सुथौली, सुनसरी, जनकपुर, सर्लाही, भद्रपुर, महेशपुर, सिरहा, राजविराज, टाँडी र सेती भन्सार कार्यालयबाट चालू आर्थिक वर्षको नौ महीनाको अवधिमा कुनै पनि सरसामग्री निर्यात नभएको पाइएको छ ।

राजश्व सङ्कलनका लागि भन्दै सरकारले जनशक्ति एवं साधान र स्रोत उपलब्ध गराएको भए पनि निर्यात हुन नसकेको पाइएको हो । ती भन्सार कार्यालयमध्ये टाँडी र सेती भन्सार कार्यालयबाट आयातसमेत नभएको पाइएको छ । यस्तै गौर भन्सार कार्यालयबाट पनि शून्य दशमलव १६ प्रतिशत मात्रै निर्यात भएको पाइएको छ ।

विभागका अनुसार वीरगञ्ज भन्सार कार्यालयबाट आयात र निर्यातको मात्रा बढी छ । वीरगञ्ज भन्सार कार्यालयबाट रु तीन खर्ब ६७ अर्ब बराबरको आयात भएको छ । प्रतिशतका आधारमा सो भन्सार कार्यालयबाट ३४।५६ प्रतिशत सामान आयात भएको छ । उक्त भन्सार कार्यालयबाट रु १४ अर्ब ४९ करोड बराबरको निर्यात भएको छ ।

दोस्रो स्थानमा भैरहवा भन्सार कार्यालय रहेको छ । सो भन्सार कार्यालयले रु एक खर्ब ७८ अर्ब ९६ करोड ८३ लाख चार हजार बराबरको सरसामान आयात भएको छ । प्रतिशतका आधारमा १६।८६ प्रतिशत सामान सो भन्सार कार्यालयबाट आयात भएको छ । चालू आवको नौ महीनाको अवधिमा भैरहवा भन्सारबाट रु दुई अर्ब ७३ करोड ४१ लाख २२ हजार बराबरको सामान निर्यात भएको छ । विराटनगर भन्सार कार्यालय हँुदै रु एक खर्ब ३१ अर्ब बराबरको आयात हुँदा करीब रु २१ अर्ब बराबरको निर्यात भएको विभागले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार हुँदै रु एक खर्ब ३० अर्ब ९५ करोड पाँच लाख २८ हजार बराबरको सामान आयात हुँदा रु १७ अर्ब ७५ करोड बराबरको निर्यात भएको छ । निर्यातका आधारमा हेर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निर्यात बढी भएको पाइएको छ ।

यस्तै वीरगञ्ज सुक्खा बन्दरगाहबाट रु एक खर्ब नौ अर्ब चार करोड ४१ लाख ३९ हजार बराबरको आयात हुँदा रु तीन अर्ब २२ करोड तीन लाख ४१ हजार बराबरको निर्यात भएको छ । नेपालगञ्ज भन्सारबाट चालू आवको नौ महीनामा रु ४० अर्ब ९१ करोड आठ लाख ५२ हजार बराबरको आयात हुँदा रु एक अर्ब ८० करोड ९७ लाख ८१ हजार बराबरको निर्यात भएको छ ।

यस्तै उत्तरी छिमेकी चीनसँगको कारोवार हुने एकमात्र स्थल नाका रसुवागढी भन्सार कार्यालय हुँदै रु ३१ अर्ब ५८ करोड २४ लाख ७४ हजार बराबरको आयात भएको छ । सो भन्सार हुँदै रु ८४ करोड ९२ लाख ४९ हजार बराबरको मात्रै निर्यात भएको छ ।

मेची भन्सार कार्यालयबाट रु ३० अर्ब ४७ करोड ७१ लाख ७२ हजार बराबरको आयात हुँदा रु ६ अर्ब ८७ करोड ४७ लाख ५७ हजार बराबरको निर्यात भएको छ । कृष्णनगर भन्सार कार्यालयले सो अवधिमा रु १८ अर्ब २० करोड ९१ लाख ९० हजार बराबरको आयात हुँदा रु ३२ करोड १५ लाख २७ हजार बराबरको निर्यात हुन सकेको छ । कैलाली भन्सार कार्यालयबाट चालू आवको नौ महीनामा रु १५ अर्ब ३३ करोड ४० लाख ४३ हजार बराबरको आयात गर्दा रु ५९ करोड ३७ लाख ७६ हजार बराबर मात्रै निर्यात भएको छ ।

चालू आवको नौ महीनाको अवधिमा रु १० खर्ब ६१ अर्ब ६१ करोड १२ लाख चार हजार बराबरको माल वस्तु आयात हुँदा रु ६९ अर्ब ८२ करोड २३ लाख ४८ हजार बराबरको मात्रै निर्यात भएको छ ।




भर्खरै