६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुहान सुक्न थालेपछि संरक्षण थालियो



अ+ अ-

बागलुङ । पछिल्लो समयमा विभिन्न कारणले खानेपानीका मुहान सुक्दै गएकाले संरक्षण गर्न थालिएको छ । पछिल्लो समय सडक निर्माण, वन जङ्गलको बिनास, जलवायु परिर्वतन तथा भूकम्पका कारण मुहान सुक्दै गएकाले संरक्षणका लागि पहल थालिएको हो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले पहिलोपटक बागलुङ अभियानका रूपमा नगरपालिका–८ सिगानास्थित छरछरे खानेपानी आयोजनाको मुहान संरक्षण गरेको हो । हाल उक्त आयोजनाको मुहान मोटरबाटोका कारण सुक्दै गएकाले रु चार लाख खर्च गरी चुहावट हुन नदिन पक्की बनाइएको सो आयोजनाका अध्यक्ष रेशम थापाले बताउनुभयो । “मुहान संरक्षण गरे पुस्तौँसम्म खानेपानीको अभाव नहोला”, उहाँले भन्नुभयो, “मुहान संरक्षण भएपछि सङ्कटग्रस्त क्षेत्रमा समेत पानी आपूर्ति गर्ने योजनामा छौँ ।”जिल्लामा वातावरणीय प्रभाव मूल्याङ्कन नगरी सडक निर्माण गर्नाका साथै भूकम्प तथा जलवायु परिवर्तनका कारण मुहान सुक्दै जान थालेपछि नमूनाका रूपमा सो कार्य गरिएकोे र अर्को वर्षदेखि योजनावद्ध ढङ्गबाट मुहान संरक्षणमा लागिने उक्त कार्यालयका डिभिजन प्रमुख प्रेमप्रसाद डोटेलले बताउनुभयो ।

कक्षाकोठामै शुद्ध खानेपानी जिल्लाको नमूना विद्यालयको रुपमा परिचित रुद्रेपिपल माध्यामिक विद्यालयमा शुद्ध खानेपानी व्यवस्थाका लागि विद्यार्थीलाई निःशुल्क जार र डिस्पेन्सर प्रदान गरिएको छ । निर्माण व्यवसायी कुमार खड्काले प्रत्येक कक्षामा खानेपानीको व्यवस्थापनका लागि १८ थान जार र डिस्पेन्सर प्रदान गरिएकोे जानकारी दिनुभयो । विद्यालयमा विद्यार्थीेको चाप अत्यधिक भएका कारण खानेपानीको समस्या बढेकाले कक्षाकोठामै खानेपानीको प्रबन्ध मिलाइएको विद्यालयका प्रधानध्यापक राजेश श्रेष्ठले बताउनुभयो । “विद्यालयमा रहेको युरोगार्डबाट पानी जारमा भरेर डिस्पेन्सरमार्फत कक्षा कोठामै विद्यार्थीलाई पानी खुवाउन सकिने व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो ।

पछिल्लो समय उक्त विद्यालयमा निजी विद्यालयका विद्यार्थी समेत थपिएकाले विद्यार्थीको चाप बढ्दा कक्षा ८, ९ र १० मा दुई÷दुई कक्षा ९सेक्सन० सञ्चालन गरेर अध्यापन गराउनुपरेको विद्यालयले जनाएको छ । दाता खड्काले शुद्ध खानेपानीका लागि रू १५ हजारको बराबरको जार र डिस्पेन्सर प्रदान गर्नुभएकोे विद्यालयले जनाएको छ । विद्यालयमा हाल अङ्ग्रेजी तथा नेपाली दुवै माध्यमबाट अध्यापन भइरहेका कारण विद्यार्थीको आकर्षण बढेको विद्यालयले जनाएको छ । बागलुङ नगरपालिकाका अन्य विद्यालयमा विद्यार्थी अभावका कारण नगरभित्रका छ विद्यालय खारेज तथा छ विद्यालय घटुवामा परेपनि यस विद्यालयमा भने हाल ६०० विद्यार्थी छन् । विद्यालयमा यही शैक्षिकसत्रमा १८० नया“ विद्यार्थी भर्ना भएका थिए ।