१७ भाद्र २०८३, बुधबार
,
Latest
जलवायू परिवर्तनबाट सिर्जित चुनौती: अन्तर्राष्ट्रिय स्तरमा नेपालले आफ्नो मुद्धा स्थापित गराउनु आवश्यक इजिप्टमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु, २८ घाइते ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा ‘अदालतलाई सूचना प्रविधि र जनमैत्री बनाउँदै लगेका छौँ’ ललितपुरमा ऐतिहासिक नृसिंह जात्रा सम्पन्न तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग गण्डकी प्रदेशको ऊर्जामन्त्रीमा देवकोटा नियुक्त भोटेकोशी बाढी पीडितलाई  विभिन्न सङ्घसंस्थाबाट ४६ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानमाथि इंग्ल्यान्डको रोमाञ्चक जित, बटलरको शतक



अ+ अ-

काठमाडौं । घरेलु टोली इंग्ल्यान्डले पाकिस्तानसँगको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत दोस्रो खेलमा रोमाञ्चक जित हात पारेको छ । इंग्ल्यान्डले दोस्रो खेलमा पाकिस्तानलाई १२ रनले पराजित गरेको हो ।

३७४ रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा ३६१ रन मात्रै बनाउन सकेपछि इंग्ल्यान्डले जित हात पारेको हो ।

पाकिस्तानका लागि फखर जमानले उत्कृष्ट प्रदर्शन गर्दै शतकसहित १३८ रन बनाए पनि आफ्नो टिमलाई जित दिलाउन सकेनन् । उनले १०६ बलको सामना गर्दै १२ चौका र ४ छक्का प्रहार गरेका थिए । त्यस्तै, बाबर अजाम र असिफ अलीले समान ५१–५१ रन बनाउँदा कप्तान सरफराज अहमतले अविजित ४१ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा तीन विकेटको क्षतिमा ३७३ रन बनाएको थियो । इंग्ल्यान्डका लागि जस बटलरले अविजित ११० रन बनाए । उनले ५५ बलको सामना गर्दै ९ छक्का र ६ चौका प्रहार गरे । त्यस्तै, जासन रोयले ८७ र कप्तान इयोन मोर्गनले अविजित ७१ रन बनाए ।