६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतबाट उद्धार गरिएका १५ चेलीलाई परिवारको जिम्मा लगाइयो



अ+ अ-
फाइल फोटो

काठमाडौं । भारतबाट उद्धार गरी ल्याइएका १५ महिलालाई परिवारको जिम्मा लगाइएको छ । भारतको उत्तरपूर्वी राज्य मिजोरमबाट उद्धार गरिएका २३ महिलामध्ये १५ लाई शनिबार परिवारको जिम्मा लगाइएको हो ।

सिन्धुपाल्चोक, सुर्खेत र बाँकेका ती महिलालाई आज आइतबार परिवारको जिम्मा लगाइने माइती नेपालले जनाएको छ ।

माइती नेपालका निर्देशक विश्वराम खड्काका अनुसार उनीहरूलाई वैशाख २६ गते काँकडभिट्टा हुँदै नेपाल ल्याएर माइती नेपालको संरक्षणमा राखिएको थियो ।

झापा, सुनसरी, मोरङ र इलामका महिलालाई परिवारको जिम्मा लगाइएको र बाँकी आठ जनालाई भने शनिबार बिहान काठमाडौँ पु¥याइएको छ ।