८ मंसिर २०८१, शनिबार
,
Latest
भारतीय स्थल सेनाध्यक्षद्वारा मुक्तिनाथ मन्दिर र पश्चिम पृतनाको भ्रमण अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता काठमाडौँमा आज तीन शव भेटिए गौतम बुद्ध विमानस्थलको दिगो सञ्चालन आवश्यक छः अध्यक्ष ढकाल कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते चार महिनामा साढे चार खर्ब व्यापार घाटा नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीमा ३४ जना बिरामीको घुँडाको शल्यक्रिया ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ? चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि… अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्प र नेटो प्रमुख रूटबीच ‘विश्वव्यापी सुरक्षा’ बारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाजुरामा चौध हजार ६६० लिटर घरेलु मदिरा नष्ट



अ+ अ-

बाजुरा । जिल्ला प्रहरी कार्यालयले सात महीनाको अवधिमा ठूलो परिणममा घरेलु मदिरा नष्ट गरेको छ । गएको असोजदेखि आजसम्म अबैधरूपमा बेच्न राखिएका १४ हजार ६६० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरिएको बताइएको छ ।

मदिराकै कारण प्राय श्रीमान्–श्रीमतीबीच झगडा हुने, समयमा काममा जान नपाउने, बालबालिकाको पढाइमा बाधा पुग्ने र घरपरिवारका साथै समाजमा समेत असर परेको बडीमालिका नगरपालिका–९ की महिला वडा सदस्य तुला विष्टले बताइन् ।

जिल्लामा हुने अपराधबारे अनुसन्धान गर्दै जाँदा जाडरक्सी सेवन, विकृतिको मुख्य कारकको रुपमा रहेको पाइएकाले मदिरा उत्पादन र सेवनलाई निरुत्साहित गर्ने अभियान चलाइएको डिएसपी उद्धवसिंह भाटको भनाइ थियो ।