२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
प्रदेश र स्थानीय सरकारलाई पुँजीगत खर्चको १ प्रतिशत विज्ञान तथा नवप्रवर्तनमा छुट्याउन मन्त्री पुनको आग्रह तथ्यांकमा विश्वकपः को कति सफल ? कसले कति खेले, कति जिते ? ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत सुधार गर्न सरकार तयार छ : सभापति गजुरेल बजेट हेरफेर प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न सांसद पुनको माग खपत बढाउन उत्पादनमूलक उद्योग आवश्यक छ : परिसंघ अध्यक्ष पाण्डे ऊर्जा क्षेत्रको बजेटले समस्या समाधानको सङ्केत गरेको छ : चेम्बर अध्यक्ष लुम्बिनी प्रदेश अधिवेशनको निर्वाचन समितिमा राहुल केसी नियुक्त सुनचाँदीको मूल्य बढ्यो कालीकोटमा भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण सुरू ऊर्जा क्षेत्र अझै अप्ठ्यारो अवस्थामा, वनमा ३८ बढी आयोजना अड्किएको इप्पान अध्यक्ष कार्कीको गुनासो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्धनिन्द्रामा भएको मान्छेले हाइ काड्दै बजेटका प्राथमिकता र सिद्धान्तमा निबन्ध लेखे : भट्टराई



अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बिरालो बाँधेर श्राद्ध गरे जस्तो गरी सरकारले आगामी बर्षको बजेटका प्राथमिकता र सिद्धान्त निर्धारण गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा आफ्नो धारणा राख्दै उनले बजेटका सिद्धान्त र प्राथमिकतामा वैचारिक अलमल र अस्पष्टता रहेको बताए।

उनले भने, ‘अर्धनिन्द्रामा भएको मान्छेले हाइ काड्दै अल्छि लागि लागिकन निबन्ध लेखेजस्तो कर्मकाण्डी प्रकारको दस्तावेज आयो।’

उनले नीति तथा कार्यक्रममा जस्तै सिद्धान्त र प्राथमिकतामा चालू आर्थिक वर्षका बारेमा सरकारले गरेको विश्लेषण तथ्यसँग मेल नखाएको बताए।

पूँजीको राम्रो परिचालन नगरिकन विकासमा फड्को मार्न नसकिने भन्दै उनले आन्तरिक पूँजी परिचालनलाई पहिलो प्राथमिकतामा राखिनुपर्ने तर्क गरे।