२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण भारतमा बस दुर्घटना, मृत्यु हुनेको संख्या १५ पुग्यो



अ+ अ-

नयाँदिल्ली । भारतको आन्ध्र प्रदेशमा शनिबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

प्रहरीका अनुसार आन्ध्र प्रदेशको करनूल जिल्लामा यात्रुबाहक बस अर्को सवारी साधनसँग ठोक्किएको थियो । घाइतेहरुलाई उपचारका लागि नजिकका अस्पतालहरुमा भर्ना गरिएको छ ।

स्थानीय सञ्चार माध्यमले १३ जना यात्रुको घटनास्थलमै मृत्यु भएको र अरु दुई जनाको उपचारका क्रममा मृत्यु भएको जनाएका छन् । मृत्यु हुने अधिकांश व्यक्ति छिमेकी तेलङ्गाना राज्यको गडवाल जिल्लाका स्थानीयबासी रहेका छन् । उनीहरु बैबाहिक कार्यक्रमपछि घर फर्कदै थिए ।