६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूजील्यान्डमा भूकम्प



अ+ अ-

वेलिङ्टन । न्यूजील्यान्डको कर्माडेक द्वीपमा सोमबार बिहानीपख करिब ५.७ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

सर्भेका अनुसार स्थानीय समय अनुसार बिहान ४.०६ बजे जमिनको सतहभन्दा करिब ७३ किलोमिटरमुनि भूकम्प गएको थियो । कर्माडेकको दक्षिणतर्फ भूकम्पको केन्द्र रहेको थियो ।

भूकम्पबाट कुनै जनधनको क्षति भएको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ । सुनामीको समेत चेतावनी दिइएको छैन ।


दक्षिण प्रशान्त महासागरीय क्षेत्रमा अवस्थित कर्माडेक द्वीप तथा न्यूजील्याण्ड भौगर्भिक दृष्टिबाट जोखिमयुक्त क्षेत्र मानिन्छ