२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसएसपीद्वयको प्रहरीको साख एक इन्च पनि तल नर्झने गरी काम गर्ने प्रतिबद्धता



अ+ अ-

काठमाडौं । काठमाडौं प्रहरी परिसर र अपराध महाशाखाका प्रमुखले प्रहरीको साख एक इन्च पनि तल नर्झने गरी काम गर्ने प्रतिबद्धता गरेका छन् ।

भर्खरै सरुवा भएर आएका महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल बहादुर थापा र काठमाडौं प्रहरी प्रमुख उत्तम सुवेदीले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दे उक्त कुरा बताएका हुन् ।

विगतका कुराहरुलाई ध्यानमा राखेर अपराध विरुद्ध मिलेर काम गर्ने सन्देश दिन पहिलो पटक पत्रकार सम्मेलन गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी सुवेदीले जानकारी दिए।

उत्यकामा शान्ति सुरक्षा कायम गर्ने र अमनचयन स्थापना गर्ने भन्दै उनले आर्थिक, सामाजिक रसाइबर अपराधसँगै सुसुप्त रहेका अपराध नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।अपराधीविरुद्ध कानूनी कठोरता अपनाउने एसएसपीद्वयको भनाइ छ ।

दुबै संस्था नमिल्दा कतिपय अप्रेसन गर्न कठिनाइ भइरहेको थियो, महाशाखाका एसएसपी थापाले भने, अब कुनै अप्रेसन गर्नुपर्दा छिटो गर्न र कसले नेतृत्व गर्ने भन्ने टुंगो लाग्न पनि समय लाग्दैन।