६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नर्सहरुलाई न्यूनतम पारिश्रमिक नदिने अस्पतालहरुलाई कडा कारबाही गर्ने श्रममन्त्रीको चेतावनी



अ+ अ-

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नर्सहरुको श्रम शोषण गर्ने अस्पतालहरुमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

आइतबार अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नर्सहरुलाई न्यूनतम पारिश्रमिक नदिने अस्पतालहरुलाई श्रम ऐन अन्तरगत
कारबाही गर्नेस्पष्ट पारे ।

मन्त्री विष्टले पीडित पक्षले दिएको उजुरीको आधारमा न्यूनतम पारिश्रमिक समेत नदिने केही अस्पतालहरुलाई कारबाहीको दायरामा ल्याइएको भन्दै उजुरी गर्न पीडित नर्सहरुलाई आह्वान समेत गरे ।