२६ कार्तिक २०८१, सोमबार
,
Latest
सरकारको निर्णय कार्यान्वयन नगर्ने कुरा क्षम्य हुँदैनः सञ्चारमन्त्री गुरुङ विकास र लगानीलाई रोक्नु मुलुकको आर्थिक सम्मृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो: अध्यक्ष ढकाल राष्ट्रिय बीमा बोर्डका अध्यक्षको राजीनामा स्वीकृत निजी विद्यालयका संगठनहरुको आरोपः जनकपुर उपमहानगरपालिकाले गरेको छात्रवृत्ति सम्झौता षड्यन्त्रपूर्ण सिकलसेलको औषधि ल्याएर वितरण गर्ने प्रधानमन्त्रीको घोषणा एनपीएलको दोस्रो संस्करण फ्लडलाइटमा गर्न क्यान इच्छुक कतार एयरवेजले मङ्गलबारदेखि गौतमबुद्ध विमानस्थलमा उडान भर्दै किन घट्दैछ राउटेको सङ्ख्या? राष्ट्रपति पौडेल अजरबैजानको बाकुमा भारतीय प्रशिक्षक गम्भीरको रोहित र कोहलीलाई समर्थन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेविसंघद्धारा त्रिवि सेवा आयोगको कार्यालयमा तोडफोड, ५ जना विद्यार्थी पक्राउ



अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित सेवा आयोगको कार्यालयमा तोडफोड भएको छ । आइतबार दिउँसो त्रिविले सेवा आयोगले लिएको खुला प्रतिस्पर्धामा त्रिविकै उच्च पदाधिकारी, विद्यार्थी संघ–संगठन र नेताका नातेदारहरुको नाम निकालेपछि तोडफोड गरिएको हो ।

महानगरीय प्रहरी वृत्त किर्तिपुरका अनुसार तोडफोडबाट सेवा आयोग कार्यालयमा क्षति पुगेको छ। क्षतिको विवरण सङ्कलन भइरहेको छ। नतिजा प्रकाशनमा असन्तुष्टि जनाउँदै नेपाल विद्यार्थी सङ्घ र नयाँ शक्ति विद्यार्थी युनियनमा आबद्ध विद्यार्थीले तोडफोड गरेको प्रहरीले जनाएको छ। तोडफोडमा संलग्न भएको आरोपमा ५ जना विद्यार्थीलाई पक्राउ परेका छन्।

सेवा आयोगले लिएको खुल्ला प्रतिस्पर्धामा लिखित परीक्षामा उत्तीर्ण हुनेमा धेरैजसोे पहुँचवालाका आफन्त परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा यसबारे उजुरी परेको छ । त्रिविका कर्मचारी संघरसंगठन र परीक्षामा सहभागी केही विद्यार्थीले आयोग, केन्द्र, कुलपति, उपकुलपति कार्यालयलगायत त्रिकिकै विभिन्न निकायमा समेत उजुरी दिएका छन् ।

त्रिवि सेवा आयोग अध्यक्ष चैतन्य शर्मा, प्रमुख परशुराम कोइराला, त्रिवि केन्द्रीय क्याम्पसका प्रिन्सिपल कृष्ण आचार्य, पूर्वरजिस्ट्रार चन्द्रमणि पौडे, अनुगमन महाशाखाका प्रमुख विष्णुप्रसाद खनाललगायत उच्च पदाधिकारीका नातेदारहरु परीक्षामा सफल भएका छन् ।

आयोग कार्यालयबाट प्राप्त एक सूचीमा अध्यक्ष शर्माकी भतिजी पार्वती सापकोटाको नाम शाखा अधिकृत र मुख्य कार्यालय सहायक दुवै पदमा निस्केको छ । नतिजा वैशाख १३ गते नतिजा सार्वजनिक गरिएको हो।