२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेतृद्वय सोनिया र प्रियंका गान्धीद्वारा दिल्लीमा मतदान



अ+ अ-

नयाँ दिल्ली । भारतीय राष्ट्रिय काँग्रेसका प्रभावशाली नेतृद्वय सोनिया गान्धी र प्रियंका गान्धीले आइतबार दिल्लीमा मतदान गरेका छन् ।

भारतमा भइरहेको लोकसभा निर्वाचन अन्तर्गतको छैठौँ चरणको मतदानका दिन उनिहरुले मतदान गरेका हुन् ।

आमा सोनिया र छोरी प्रियंकासँगै प्रियंकाका श्रीमान् रोबर्ट वद्राले पनि मतदान गर्नु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आमा सोनिया र छोरी प्रियंकासँगै प्रियंकाका श्रीमान् रोबर्ट वद्राले पनि मतदान गरेको को भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

काँग्रेस महासचिव समेत रहेकी प्रियंकाले लोकतन्त्र बचाउने पक्षमा आफुले मतदान गरेको प्रतिक्रिया दिए ।

समेत रहनु भएकी प्रियंकाले लोकतन्त्र बचाउने पक्षमा आफुले मतदान गरेको प्रतिक्रिया दिए ।

आइतबार उत्तर प्रदेशका १४, हरियाणाका दश, मध्यप्रदेश, बिहार र पश्चिम बंगालका आठ–आठ, नयाँ दिल्लीका सात र झारखण्डका चार निर्वाचन क्षेत्रमा मतदान भएको छ ।

भारतमा गत अप्रिल ११ देखि यस पटकको लोकसभा निर्वाचन भइरहेको छ । सात चरणमा हुने केन्द्रीय निर्वाचनको अन्तिम चरण यही मे १९ मा सम्पन्न हुनेछ । यसअघि अप्रिल १८ मा दोस्रो चरणको, अप्रिल २३ मा तेस्रो चरणको, अप्रिल २९ मा चौथो चरणको र यही मे ६ तारिखका दिन पाँचौँ चरणको निर्वाचन भएको छ ।

आगामी मे १९ तारिखका सातौं तथा अन्तिम चरणको निर्वाचन भएको चार दिनपछि अर्थात आगामी मे २३ मा मतगणना हुनेछ ।